सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा « Khabarhub

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना बितिसकेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सत्ता गठबन्धनको बैठकमा सहभागी भएकी छन् ।

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भइरहेका बेला सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा भाग लिन उनी पनि पुगेकी हुन् ।

नाउपाबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिइसकेका छन् । तर अझैसम्म उनको राजीनामा स्वीकृत भएको जानकारीमा आएको छैन ।

सरकारबाट मन्त्री बाहिरिएर समर्थन पनि समर्थन फिर्ता लिएको घोषणा गरेको अवस्थामा रञ्जिता सत्ता गठबन्धनमा जोडिएकी हुन् ।

प्रतिनिधिसभामा अहिले नाउपाका चार सांसद छन् । उपसभामुख रानालाई हटाउन सत्ता गठबन्धनलाई नाउपाको अनिवार्य साथ चाहिन्छ । तर नाउपामा पनि रञ्जिता र संरक्षक रेशमबीच किचलो छ । रेशमले पहिलो राष्ट्रिय भेला बोलाएर रञ्जितालाई हटाएको निर्णयलाई निर्वाचन आयोगले अमान्य घोषित गरिदिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : २० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा