राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ « Khabarhub

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालानिकट सांसदहरूले हस्ताक्षर नगरेको चर्चाबीच उनले आफूहरू रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका हुन् ।

सांसद बजगाईंले काम विशेषले सोलुखुम्बुबाट भर्खरै काठमाडौं फर्किएका कारण हस्ताक्षरका लागि सिंहदरबार पुग्न केही ढिला भएको पनि बताए ।

‘सिग्नेचर गर्ने हो । म सिग्नेचरको पक्षमै हो,’ उनले खबरहबसँग भने, ‘हाउसमा त्यत्रो बोल्दै आएको छु ।’ कोइरालानिकट अर्का एक सांसदले पनि हस्ताक्षरको विपक्षमा उभिन कुनै निर्देशन नभएको प्रतिक्रिया दिए ।

उनले बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुने क्रममा हस्ताक्षर गरिने पनि बताए । ‘कति साथीहरू जिल्ला जानुभएको होला । कतिपय दर खान जानुभएको होला,’ ती सांसदले भने, ‘भोलि सबै हाउसमा आउनुहुन्छ । भोलि गर्नुभएन, पर्सी गर्नुभएन भने पो गरेनन् भन्ने होला ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : २९ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी