उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी « Khabarhub

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले उपसभामुख हटाउने प्रयासको विरोधसमेत गरेको छ ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको जानकारी दिए । सरकार देश र जनताको हितविपरीत अघि बढ्दै गएको उनले बताए ।  

उनले आफ्नो मान्छेलाई जग्गा बाँड्नका लागि भूमि विधेयकमाथि चलखेलको प्रयास भएको, शिक्षा विधेयकलाई पनि प्रभाव पार्न खोजेको माओवादीको ठहर रहेको जिकिर गरे । प्रवक्ता सापकोटाले सरकारको गलत कामका कारण व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो देखिएको पार्टीको ठहर रहेको बताए । 

बैठकमा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए तयारी नपुगेका कारण बुधबार बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्ने सापकोटाले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ४ : ०४ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी