उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी « Khabarhub

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले उपसभामुख हटाउने प्रयासको विरोधसमेत गरेको छ ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको जानकारी दिए । सरकार देश र जनताको हितविपरीत अघि बढ्दै गएको उनले बताए ।  

उनले आफ्नो मान्छेलाई जग्गा बाँड्नका लागि भूमि विधेयकमाथि चलखेलको प्रयास भएको, शिक्षा विधेयकलाई पनि प्रभाव पार्न खोजेको माओवादीको ठहर रहेको जिकिर गरे । प्रवक्ता सापकोटाले सरकारको गलत कामका कारण व्यवस्था विरोधीलाई अवसर प्रदान गरेको जस्तो देखिएको पार्टीको ठहर रहेको बताए । 

बैठकमा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए तयारी नपुगेका कारण बुधबार बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्ने सापकोटाले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ४ : ०४ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि