विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण  « Khabarhub

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ । 

आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको थियो । 

प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझावहरू सिफारिस गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो । 

हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौं भने उनीहरू आफ्नो र आफ्नो परिवारको मात्र होइन, सिंगो समाजकै स्वास्थ्यका लागि ‘चेन्ज एजेन्ट’ बन्न सक्छन्,’ मन्त्री पौडेलले भने, ‘शिक्षा मन्त्रालयसँगको यो समन्वयले स्वस्थ र जिम्मेवार नागरिक बनाउने हाम्रो राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान पुऱ्याउनेछ।’

प्रतिवेदन ग्रहण गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरताको प्रशंसा गरे । ‘स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त भएका सुझावहरू हाम्रा लागि अत्यन्त मूल्यवान छन्,’ उनले भने । 

प्रतिवेदन तयारीका क्रममा स्वास्थ्य तथा शिक्षा मन्त्रालयका विभिन्न निकाय, विश्वविद्यालय, अभिभावक महासंघ, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समेत राय-सुझाव संकलन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशव राज पण्डितले  जानकारी दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक र युनिसेफका प्रतिनिधिको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ५५ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,