रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन « Khabarhub

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा ससुराली घरमा जस्तो मेजमानी नपाइने बताएका छन् ।

मंगलबार हस्ताक्षर संकलनपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भक्तपुरबाट निर्वाचित सांसद थापाले अहिले कांग्रेस र एमालेलाई सबै दोष लगाएर आफू मात्रै असल देखाउने प्रवृत्ति बढेको उल्लेख गरेका छन् ।

‘कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ?’, उनले सोधे, ‘व्यक्ति पनि एउटाको उदाहरण दिनुस् न। जेल भनेको ससुराली घर गएको जस्तो होइन नि ! ढोका टालेको छ, झ्याल टालेको छ ।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै परिवर्तनका लागि १४ वर्ष कालकोठरीमा बस्ने नेतामाथि अनेक आरोप लाउने गरिएको बताए । देशमा परिवर्तनका लागि जेल बस्नेलाई चोरको संज्ञा दिनेले अहिले ठग नै असल भएको भन्ने प्रवृत्तिलाई अस्वीकार्ने पनि थापाले बताए ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबाट हस्ताक्षर संकलन गरिएको छ । त्यही क्रममा थापा पनि सिंहदरबार छिरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ५० बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त