युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प « Khabarhub

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा गर्न अमेरिकी सैनिक नपठाउने बताएका छन् ।

फक्स न्यूजसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गर्नुपर्ने काम गर्ने र रूससँग वार्ताका सन्दर्भमा लचिलोपना देखाउनुपर्ने पनि बताए ।

‘जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले सबैको असल मित्र बन्न सक्छन्, यो म भन्न सक्दिनँ’, ट्रम्पले भने, ‘आवश्यक निर्णय उनीहरूले नै लिने हो ।’

ट्रम्पलाई पुटिनसँगको भेटवार्तापछि अब जेलेन्स्कीसँगको सम्भावित बैठकबारे सोधिएको थियो । जवाफमा ट्रम्पले हिजोमात्रै पुटिनलाई फोन गरेको र आफू पुटिनको व्यवहार राम्रो हुनेमा आशावादी रहेको पनि बताए ।

उनले थपे, ‘यदि यस्तो भएन भने स्थिति थप कठिन हुनेछ ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ०० बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति