काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु « Khabarhub

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । आज मंगलबारदेखि भुम्लुको वडा नं ७ र ८ का स्थानीयले जग्गाधनी प्रमाण पूर्जा अर्थात लालपूर्जा प्राप्त गर्न थालेका छन् ।

आज लालपूर्जा पाउनेमध्येका एक दिए भुम्लु ८ का ८६ वर्षीय गीर्वराज उप्रेती । उनी आज निकै खुशी देखिएका थिए । आफूले भोगचलन गर्दै आएको जमिनको ५० वर्षपछि भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको हातबाट आफ्नो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेपछि उनको मुहारमा खुशी झल्किएको हो ।

वि.सं. २०३२ सालदेखि लालपुर्जाको आशामा रहेका भुम्लु गाउँपालिकामा दुई वडाका जग्गाधनीले लालपुर्जा पाएका थिएनन् । नापी कार्यालय काभ्रेपलान्चोकले नापी टोलीलाई गाउँमा खटाएर स्थानीयबासीको समस्या समाधान गरेपछि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।

मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए । रकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले हालसम्म वडा नम्बर–७ बाट लालपुर्जा प्राप्त गर्नका लागि ६२७ जनाले निवेदन दिएको बताए । निवेदन दिएकामध्ये हालसम्म लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४७३ वटा निवेदन पठाइएको हालसम्म १८५ वटा निवेदनको लगत भिडेर आएको उनको भनाई छ । लगत भिडेर आएकामध्ये सात वटा सरकारी र १७७ वटा घरपरिवारको लालपुर्जा तयार भएको छ ।

यस्तै वडा नम्बर–८ मा लालपुर्जाका लागि ८७० वटा निवेदन परेको नापी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बाट आएको निवेदनमध्ये ७०४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४२८ वटा निवेदनको लगत भिडेर आएको प्रमुख नापी अधिकृत भुसालले बताए ।

लगत भिडेर आएकामध्ये हालसम्म २४६ वटाको लालपुर्जा तयार भएको र हालसम्म १७ वटा निवेदनको लगत नभिडेको उनले जानकारी दिए । भुम्लु गाउँपालिका–७ मा तीन सय घरधुरी रहेको र वडा नम्बर–८ मा ६०० घरधुरी रहेको नापी कार्यालयले जनाएको छ ।

कार्यालयले वडा नम्बर–७ को तुलनामा वडा नम्बर–८ मा जग्गाको स्वामित्व धेरैमा गएकोले उक्त वडामा जग्गाको कारोबार धेरै भएको जनाएको छ ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् ।

वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ५१ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर