टप टी-२० सिरिजः मेलबर्नविरुद्ध ब्याटिङ गर्दैै नेपाल, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई | Khabarhub Khabarhub

टप टी-२० सिरिजः मेलबर्नविरुद्ध ब्याटिङ गर्दैै नेपाल, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । बुधबार नेपालले टस जितेर पहिलो ब्याटिङ गर्न लागेको हो ।

नेपालको कप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । मंगलबारको खेलमा आराम दिइएका ऐरीलाई प्रशिक्षकले बुधबारको खेलमा कप्तानको जिम्मेवारी दिएका हुन् । उनी नेपाली टिमको नियमित उपकप्तान हुन् ।

नेपालले हालसम्म सिरिजका तीन हार र एक खेलमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।

आजको खेलमा कप्तान रोहित पौडेल, विकेट विकपर आशिफ शेख र करण केसीलाई आराम दिइएको छ । आजको खेलमा विकेट किपरको काम लोकेश बमले गर्नेछन् ।

नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ०५ बजे

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी