कांग्रेस-एमालेलाई ‘धिक्कार्दै’ राप्रपा सांसदले भनिन्- खाली कागजमा सही गराउने कस्ता पार्टी, कस्ता माननीय ? « Khabarhub

कांग्रेस-एमालेलाई ‘धिक्कार्दै’ राप्रपा सांसदले भनिन्- खाली कागजमा सही गराउने कस्ता पार्टी, कस्ता माननीय ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसंवैधनिक परिषद्‍मा बहुमत नपुगेपछि उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तापक्षले हस्ताक्षर संकलन गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपा सांसद सांसद डा. रोशन कार्कीले कांग्रेस–एमालेमाथि संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख रानामगरलाई हटाउने प्रयासस्वरूप हस्ताक्षर संकलन गरिएको भन्दै आपत्ति जनाइन् ।

‘हिजो दिनभर नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसहरूले आफना् माननीयज्यूहरूलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो । यो के को लागि भन्दा उपसभामुखलाई महाअभियोग लगाउने रे,’ उनले भनिन्, ‘उहाँहरूलाई संवैधनिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आसेपासेलाई नियुक्तिका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुरा चल्यो । कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएका छन् । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’

सांसद कार्कीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई कांग्रेस–एमालेले संरक्षण गरेको पनि आरोप लगाइन् ।

‘आफ्ना गृहमन्त्री जो भिजिट भिसामा धन्दा गरिराख्नुभएको छ, कमाउने भाँडो बनाउनुभएको छ,’ उनले भनिन्, ‘त्यसलाई चाहिँ बचाउने ।’

त्यसपछि अघिल्लो बैठकमा झैँ रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३८ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा