रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता | Khabarhub Khabarhub

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय दलको नेता बनेकी छन् ।

यसअघिका दलका नेता गंगाराम चौधरीलाई हटाउँदै रञ्जिता आफैंलाई दलको नेता तोकेकी हुन् ।

उनले बुधबार सभामुख देवराज घिमिरेलाई लेखेको पत्रमा यसअघिका दलको नेता गंगाराम चौधरीले पार्टी हितविपरीत कार्य गरेकाले विधान बमोजिम स्पष्टीकरण सोध्दा सन्तोषजनक जवाफ प्राप्त नभएको जनाएकी छन् ।

गंगारामलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने साउन ३० गते कारबाही गरेकाले रिक्त संसदीय दलको नेताको भूमिका नागरिक उन्मुक्तिको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले निर्वाह गर्ने जानकारी उनले दिएकी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखिकरण गर्नसमेत उनले संसद सचिवालयलाई भनेकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीले गत जेठ ७ गते कारबाही गरेको भोलिपल्ट श्रेष्ठले गंगारामलाई विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी थिइन् ।

श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिनाकुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णय गरेको पाइएको बताएकी थिइन् । उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी थिइन् । त्यसपछि उनले बुधबार गंगारामलाई दलको नेताबाट हटाएर आफैं जिम्मेवारी लिएकी हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ