अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग « Khabarhub

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा करार सेवामा करिब ८० जना कर्मचारीलाई अचानक कार्यालय प्रमुखको आदेशमा निष्कासन गरिएको भन्दै कर्मचारी संगठनले कडा आपत्ति जनाएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कर्मचारी संगठनले उक्त निर्णय गम्भीर त्रुटिपूर्ण, गैरकानूनी र श्रम ऐन, रोजगारी र सेवा सुरक्षासम्बन्धी मौलिक हकविपरीत भएको कुरा वक्तव्य निकालेर उल्लेख गरेको छ।

संगठनले एकपक्षीय रूपमा कर्मचारीहरूलाई निष्कासन गरेर संस्थाले स्पष्ट प्रतिबद्धता तोडेको जनाएको छ। संगठनले तत्कालै सबै कर्मचारीलाई पूर्ववत् जिम्मेवारीमा पुनःस्थापनाको माग गर्दै, भविष्यमा यस्ता घटना नदोहोरिने ग्यारेन्टीसमेत माग गरेको छ।

कर्मचारी संगठनका अध्यक्ष कृष्णप्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ’यदि निष्कासन फिर्ता नगरी पुनःस्थापनाको माग सम्बोधन भएन भने संगठन चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछ।’

संगठनले श्रमिक अधिकार र न्यायको पक्षमा निरन्तर दृढ रहने प्रतिवद्धता पनि दोहोराएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : २१ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने