अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग « Khabarhub

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा करार सेवामा करिब ८० जना कर्मचारीलाई अचानक कार्यालय प्रमुखको आदेशमा निष्कासन गरिएको भन्दै कर्मचारी संगठनले कडा आपत्ति जनाएको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कर्मचारी संगठनले उक्त निर्णय गम्भीर त्रुटिपूर्ण, गैरकानूनी र श्रम ऐन, रोजगारी र सेवा सुरक्षासम्बन्धी मौलिक हकविपरीत भएको कुरा वक्तव्य निकालेर उल्लेख गरेको छ।

संगठनले एकपक्षीय रूपमा कर्मचारीहरूलाई निष्कासन गरेर संस्थाले स्पष्ट प्रतिबद्धता तोडेको जनाएको छ। संगठनले तत्कालै सबै कर्मचारीलाई पूर्ववत् जिम्मेवारीमा पुनःस्थापनाको माग गर्दै, भविष्यमा यस्ता घटना नदोहोरिने ग्यारेन्टीसमेत माग गरेको छ।

कर्मचारी संगठनका अध्यक्ष कृष्णप्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ’यदि निष्कासन फिर्ता नगरी पुनःस्थापनाको माग सम्बोधन भएन भने संगठन चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछ।’

संगठनले श्रमिक अधिकार र न्यायको पक्षमा निरन्तर दृढ रहने प्रतिवद्धता पनि दोहोराएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ५ : २१ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ