एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ « Khabarhub

एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) चितवन जिल्ला कमिटीको बैठकमा भ्रष्टाचार र अनियमिततामा मुछिएका नेता-कार्यकर्ताको संगठित सदस्यता खारेज गर्नुपर्ने विषय उठेको छ ।

माले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यका आइतबार र सोमबार भरतपुरमा बसेको जिल्ला कमिटीको बैठकमा उक्त कुरा उठेको हो ।

‘जिल्ला कमिटी पदाधिकारीमा १ जना ४० वर्षमुनिका युवा अनिवार्य गराउनुपर्ने कुरा उठेको छ । त्यस्तै भ्रष्टाचारमा संलग्नबारे कठोर हुनुपर्ने कुरा पनि आएको छ । भ्रष्टाचारमा मुछिएर विवादित नेता-कार्यकर्ताको सदस्यता खारेज गर्ने व्यवस्था गर्नुपर्ने सुझाव प्राप्त भएको छ ’, उनले भने ।

बैठकमा समाजवादी मोडलमा जाने स्पष्ट योजना लगायत कुरा विधानमा राख्नुपर्ने जिल्ला कमिटी चितवनका नेताहरूले सुझाव दिएका उनले बताए ।

विधानमा संसोधन गरी १ पार्टी सदस्य र अर्को पार्टी संगठित सदस्य बन्न पाउने व्यवस्था गर्नुपर्ने, पार्टी जिल्ला कार्यालय सचिव निर्वाचित भएर आउने व्यवस्था गनुपर्ने, पार्टी जिल्ला पदाधिकारीले विभिन्न विभागको जिम्मा नलिने र त्यसको जिम्मा सचिवालय सदस्यलाई दिने व्यवस्था गर्नुपर्ने पनि कुरा पनि नेताहरूले उठाएका छन् ।

युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने लगायतका सुझाव जिल्ला कमिटीका नेताहरूले दिएका छन् ।

बैठकमा भदौ २२–२४ गते ललितपुरको गोदावरी हलमा हुने विधान अधिवेशनका लागि यी सुझाव आएका हुन् । जिल्लाले पठाएका सल्लाह र सुझावबारे विधान अधिवेशनमा छलफल हुने एमालेले जनाएको छ ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार बैठकमा जिल्ला कमिटीका नेताहरूले विधान संशोधनबारे सुझाव दिए ।

उनीहरूले पूर्वराष्ट्रपतिलाई संविधानमै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने पनि सुझाएका छन् । पार्टीमा दोश्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने बताउँदै उनीहरूले त्यसले कोही पनि विवादित बन्नु नपर्ने सुझाएको आचार्यले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ०२ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास