४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल | Khabarhub Khabarhub

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन फेरि एउटै पर्दामा देखिन सक्ने सम्भावना प्रबल बनेको छ। बलिउड हंगामाका अनुसार, दुवै अभिनेताले निर्देशक लोकेश कनगराजले बनाउन लागेकाे ‘ग्रिट्टी माफिया ड्रामा’मा काम गर्नेबारे छलफल गरिरहेका छन् । यस फिल्मलाई कमल हासनले आफ्नो प्रोडक्सन कम्पनीमार्फत समर्थन गर्ने तयारी गरेका छन् ।

प्रारम्भिक खबर अनुसार, दुवै महानायकले वृद्ध आपराधिक पात्रको भूमिका निर्वाह गर्नेछन् । उनीहरूको विगत आपसमा गाँसिँदै हिंस्रक र नाटकीय पुनर्मिलनमा परिणत हुने देखिन्छ । लोकेश कनगराज (जसलाई ‘लोकी’ भनेर चिनिन्छ) को परम्पराअनुसार, कथाले गोप्य रहस्य, वंशपरम्परागत सम्पत्ति, र भूमिगत अपराध संसारमा धमाकेदार पुनरागमनलाई केन्द्रमा राख्ने विश्वास गरिएको छ ।

रजनीकान्त र कमल हासन अन्तिम पटकसँगै देखिएको तमिल फिल्म ‘निनैथाले इनिक्कुम’ (१९७९) थियो । त्यसयता, दुवैले आफ्नै फरक-फरक पहिचान निर्माण गरेका छन् । कमल हासन उत्कृष्ट निर्देशन र पटकथाका लागि सम्मानित छन् भने रजनीकान्त सुपरस्टारका रूपमा संसारभर चर्चित बनेका छन् ।

यो सम्भावित पुनर्मिलन तमिल सिनेमाको एक रोमाञ्चक मोडमा आएको हो । रजनीकान्तको पछिल्लो फिल्म ‘कुली’, जुन लोकेश कनगराजकै निर्देशनमा बनेको फिल्म हो जसले दर्शकहरुको अपार माया पाएको छ । अर्कोतर्फ, कमल हासनको पछिल्लो फिल्म ‘थग लाइफ’ विश्वव्यापी बक्स अफिसमा खासै सफल हुन सकेन ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ४५ बजे

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा

भक्तपुरमा मनाइँदै पञ्चदान पर्व (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा भक्तपुरका

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावका कारण  हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जाका लागि सैन्य कारबाही सुरू