अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान « Khabarhub

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ । सेनाका अनुसार गाजा सहरको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको दाबी नै गरिसकेको छ ।

बीबीसीले एक सैन्य प्रवक्ताको हवाला दिँदै जैतुन र जबालिया क्षेत्रमा कब्जाको तयारीका लागि पहिलेदेखि नै सैनिक तैनाथ गरिएको समाचारमा उल्लेख गरेको छ ।

गाजा सहर कब्जा गर्ने सैन्य अभियानलाई मङ्गलबार रक्षामन्त्री इजरायल काट्जले अनुमति दिएका थिए । गत साता अन्तिमतिर सुरक्षा मन्त्रिपरिषदमा उक्त अभियानको प्रस्ताव पेस भएको थियो ।

यसैबीच, सैन्य अभियानले प्यालेस्टाइनी नागरिकमाथि पर्ने असरलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा इजरायलको निन्दा भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सशस्त्र समूह हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अड्चन उत्पन्न गरेको र निर्दोष नागरिकविरुद्ध बर्बर युद्ध जारी राखेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी