जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू) « Khabarhub

जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्। विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए ।

उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिए पनि शिक्षकहरू टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्‍याली निकालेलु फेरि माइतीघर मण्डलमा पुगेर कोणसभा गर्ने जानकारी दिइएको छ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा निजी विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधान हटाउनु पर्ने माग गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १२ : २७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४