रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा | Khabarhub Khabarhub

रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्षमा सुरू गरिएको हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’मा निस्किएको छ ।

रास्वपाले सुदूरपश्चिमको कञ्चनपुरबाट ‘देश यात्रा’  सुरू गरेको हो । बुधबारदेखि सुरू भएको ‘देश यात्रा’को नेतृत्व रास्वपाका सचिवालय सदस्य दीपक बोहराले गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । 

उनले बिहीबार सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको जानकारीअनुसार सभापति लामिछानेको पक्षमा देशभरबाट अहिलेसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ । यसबीचमा अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको प्रवक्ता झाले जानकारी दिए । 

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले पुर्पक्षका लागि नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनलाई साउन ३१ गते भैरहवा कारागारबाट नख्खु कारागार अड्डासार गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ५३ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको