इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले  | Khabarhub Khabarhub

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जाका लागि सैन्य कारबाही सुरू गरेसँगै ठूलो सङ्ख्यामा प्यालेस्टाइनी नागरिकहरूको पलायनको सुरुवात भएको छ ।  

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् । 

उनले इजरायलले सुरू गरेको सैन्य अभियानबाट ‘मृत्यु र विध्वंश’ निश्चित भएकाले रोक्न अत्यावश्यक रहेको पनि बताएका छन् । 

गाजाका अधिकारीहरूका अनुसार १० लाखभन्दा बढी जनसङ्ख्या रहेको उक्त क्षेत्रले कयौँ दिनदेखि बमबारीको सामना गरिरहेको छ । इजराइयी सेनाले गाजा सहरको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको दाबी गरिरहेको छ । 

एक सैन्य प्रवक्ताको हवाला दिँदै बीबीसीले जैतुन र जबालिया क्षेत्रमा सैनिक पहिलेदेखि नै कारबाही गरिरहेको समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ५७ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको