ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली « Khabarhub

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका काण्डको कुरा निकाल्दा ठूला दलहरूले नयाँ दलकाप्रति औँला तेर्स्याउने गरेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले ठूला दलहरू भ्रष्टाचारको ‘भ’ सुन्न डराउने गरेको पनि बताए ।  

‘मानवतस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । तस्करीको त सुन्दा काँप्छन्,’ सांसद नेपालीले भने, ‘काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्स्याउँछन् ।’

उनले संसारका हरेक राष्ट्रमा भ्रष्टाचार र अत्याचार सीमा चरम सीमामा पुगेपछि परिवर्तनको बाहकलाई राष्ट्रले जन्माउने गरेको स्मरण गराए । नेपालीले रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरेको पनि आरोप लगाए ।  

‘नयाँ वैकल्पिक शक्तिलाई सिद्ध्याउने खेलमा रवि लामिछानेमाथि अन्याय गर्‍यो । अब आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख माननीय इन्दिरा रानामगर माथि अंक गणितीय खेल खेल्दै छ,’ उनले भने, ‘यो भन्दा ठूलो लोकतन्त्रको अपमान के हुन सक्छ ?’

सांसद नेपालीले आफ्नो पार्टीको आन्दोलन जारी रहेको जानकारी गराउँदै संसद् बहिष्कारको घोषणा गरे । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानलाई सभामुख घिमिरेले बोल्ने समय दिएका थिए । 

उनले पनि आन्दोलन जारी रहेको भन्दै संसद् बहिष्कारको घोषणा गरे । रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय वा न्यायिक समिति गठनको माग गर्दै सदन बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : २५ बजे

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख