ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली « Khabarhub

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका काण्डको कुरा निकाल्दा ठूला दलहरूले नयाँ दलकाप्रति औँला तेर्स्याउने गरेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले ठूला दलहरू भ्रष्टाचारको ‘भ’ सुन्न डराउने गरेको पनि बताए ।  

‘मानवतस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । तस्करीको त सुन्दा काँप्छन्,’ सांसद नेपालीले भने, ‘काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्स्याउँछन् ।’

उनले संसारका हरेक राष्ट्रमा भ्रष्टाचार र अत्याचार सीमा चरम सीमामा पुगेपछि परिवर्तनको बाहकलाई राष्ट्रले जन्माउने गरेको स्मरण गराए । नेपालीले रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरेको पनि आरोप लगाए ।  

‘नयाँ वैकल्पिक शक्तिलाई सिद्ध्याउने खेलमा रवि लामिछानेमाथि अन्याय गर्‍यो । अब आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख माननीय इन्दिरा रानामगर माथि अंक गणितीय खेल खेल्दै छ,’ उनले भने, ‘यो भन्दा ठूलो लोकतन्त्रको अपमान के हुन सक्छ ?’

सांसद नेपालीले आफ्नो पार्टीको आन्दोलन जारी रहेको जानकारी गराउँदै संसद् बहिष्कारको घोषणा गरे । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानलाई सभामुख घिमिरेले बोल्ने समय दिएका थिए । 

उनले पनि आन्दोलन जारी रहेको भन्दै संसद् बहिष्कारको घोषणा गरे । रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय वा न्यायिक समिति गठनको माग गर्दै सदन बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी