संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव  « Khabarhub

संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)ले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर सीमा व्यापारका लागि भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले चीन र भारतका विदेशमन्त्रीहरूबीच भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

दुई देशबीच भएको पछिल्लो सम्झौताका प्रति आपत्ति जनाउँदै उनले भने, ‘ उच्चस्तरीय कूटनीतिक संवादको माध्यमबाट यो विषयहरूलाई छिटोभन्दा छिटो हल होस्, निकास निस्कियोस् । यसको लागि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले एमाले संसदीय दलको तर्फबाट चीन र भारतबीच भएको सम्झौताप्रति असहमतिसमेत जाहेर गर्न चाहेको बताए ।  

‘सीमा व्यापार गर्ने जे सम्झौता उहाँहरूको भयो, यसको हामी विरोध गर्न चाहन्छौँ । नेकपा एमाले संसदीय दलको तर्फबाट उहाँहरूबीच भएको सहमतिको विरोध गर्न चाहन्छौँ । हामी यसमा असहमति जाहेर गर्न चाहन्छौँ,’ मुख्य सचिव बर्तौलाले भने ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ४० बजे

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे