प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै | Khabarhub Khabarhub

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।  

बिहीबार पनि संसद् बैठक सुरु हुने बित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । 

सांसद नेपालीले लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको भन्दै नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।

उनले भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए । सांसद नेपालीले उपसभामुख इन्दिरा राना मगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जिकिर गरे ।  

त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने बताए । उनले सभामुखले पहल गरिदिँदा आफूहरूको माग सम्बोधन हुनसक्ने उनको भनाइ छ । सांसद प्रधानले बिचौलियाहरूको तन्त्रले जालो फिँजाएको भन्दै सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए । 

प्रधानले धारणा राखेपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ४१ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको