पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने भएको छ ।

नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् ।

कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नविकण नहुने बताएपनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् । 

भण्डारीलाई साथ दिन एमाले उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसमेत थापागाउँ पुगेका छन् । त्यसैगरी अर्का नेता कर्ण थापा पनि कार्यालय उद्‌घाटन कार्यक्रममा देखिएका छन् । 

 त्यसैगरी एमाले नेता विनोद ढकाल, अमेरिकाका लागि पूर्वनेपाली राजदूत अर्जुन कार्की र हेटौँडाका पूर्वमेयर डोरमणि पौडेलसमेत भण्डारीको पक्षमा खुलेका छन् ।   

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ४१ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास