गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन्  « Khabarhub

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा एमालेबीच सहमति भएर सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रप्रति नै असन्तुष्ट व्यक्त गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यो गठबन्धन सरकार सफल हुनुपर्छ भन्नेमा आफू भएको तर संयन्त्रको बैठकमा आफ्ना कुरा नसुनिएको गुनासो गरेका हुन्।  

थापा दुई दलीय राजनीतिक संयन्त्रको सदस्य हुन्। तर पछिल्लो समय उनी संयन्त्रको बैठकमा जाँदैनन्।  

‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु,’ उनले भने, ‘मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।’

उनले एमालेसँग सभापति शेरबहादुर देउवाले गरेको सात बुँदे सहमतिबारे आफूले पत्रपत्रिका पढेर थाहा पाएको दाबी गरेका छन् । उनले पार्टीले गरेको निर्णय भन्दै फरक मत हुँदा हुँदै पनि सरकारलाई सफल बनाउन भनेर काम गरिरहेको बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५० बजे

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे