माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन « Khabarhub

माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति सहानूभूति प्रकट गरेकी छन् ।

मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजक समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले पूर्ण लोकतन्त्रको अभ्यास गरिरहेका बेला आरोप लाग्दै जनप्रतिनिधिलाई निलम्बन गर्न नहुने बताइन् ।

उनले सांसदसहितका जनप्रतिनिधिहरूमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । उनले अहिलेको लोकतान्त्रिक व्यवस्थामा कसैलाई लागेको आरोप सम्बन्धित निकायबाट पुष्टि नहुञ्जेल निलम्बनको बाटोमा जानु राम्रो नहुने उल्लेख गरिने ।

‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन’, उनले भनिन्, ‘अहिले ठूलै दलका नेता पनि निलम्बनमा परेका छन् । कम्तीमा आरोप पुष्टि नभइन्जेल यस्तो गर्नु उचित होइन । जनताको मतद्वारा निर्वाचित जनप्रतिनिधिलाई यसो गर्दै जाँदा राम्रो सन्देश पनि जाँदैन ।’

पछिल्लो समय भ्रष्टाचार आरोपमा माधवकुमार नेपाल र सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा छन् । सांसदसहितका जनप्रतिनिधिको हकमा आरोप पुष्टि हुनु अघिसम्म निलम्बनको बाटोमा जानु उचित नहुने तर्क उनले गरेकी हुन् ।

उनले अहिलेको अवस्थामा दलहरूमा पनि समस्या रहेको बताएकी छन् । ‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : २७ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट