माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन « Khabarhub

माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति सहानूभूति प्रकट गरेकी छन् ।

मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजक समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले पूर्ण लोकतन्त्रको अभ्यास गरिरहेका बेला आरोप लाग्दै जनप्रतिनिधिलाई निलम्बन गर्न नहुने बताइन् ।

उनले सांसदसहितका जनप्रतिनिधिहरूमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । उनले अहिलेको लोकतान्त्रिक व्यवस्थामा कसैलाई लागेको आरोप सम्बन्धित निकायबाट पुष्टि नहुञ्जेल निलम्बनको बाटोमा जानु राम्रो नहुने उल्लेख गरिने ।

‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन’, उनले भनिन्, ‘अहिले ठूलै दलका नेता पनि निलम्बनमा परेका छन् । कम्तीमा आरोप पुष्टि नभइन्जेल यस्तो गर्नु उचित होइन । जनताको मतद्वारा निर्वाचित जनप्रतिनिधिलाई यसो गर्दै जाँदा राम्रो सन्देश पनि जाँदैन ।’

पछिल्लो समय भ्रष्टाचार आरोपमा माधवकुमार नेपाल र सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा छन् । सांसदसहितका जनप्रतिनिधिको हकमा आरोप पुष्टि हुनु अघिसम्म निलम्बनको बाटोमा जानु उचित नहुने तर्क उनले गरेकी हुन् ।

उनले अहिलेको अवस्थामा दलहरूमा पनि समस्या रहेको बताएकी छन् । ‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन्।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ५ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली