मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला « Khabarhub

मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन् । 

नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर- १ द्वारा आयोजित पूर्व जिल्ला सभापति बासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा. कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए । 

डा कोइरालाले बीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केही गरौँ भन्ने भावना भएकाले अहिलेसम्मै पनि उनको स्मरण गरिरहेको बताए । कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्ने बताए।

मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यति नै प्रसिद्धि कमाउने डा. कोइरालाको भनाई थियो । डा. शशांकले बासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरुका लागि समर्पण गरेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : १० बजे

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय