शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला « Khabarhub

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा ज्ञानज्योति महिला माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा कोइरालाले शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

उनले सामुदायिक शिक्षालाई राम्रो बनाउन सरकारमा बस्नेदेखि ऐन कानुन बनाउनेहरूले ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यालय सहायक भन्दा पनि शिक्षकको तलब कम रहेकाले शिक्षकलाई राम्रो तलब नदिएसम्म शिक्षा क्षेत्र राम्रो बन्न नसक्ने उनले बताए ।

कोइरालाले देशको आर्थिक अवस्था कमजोर रहे पनि शिक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १२ : ५८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा