लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध  « Khabarhub

लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत र चीनबीच भएको पछिल्लो सम्झौता खारेज गर्न माग गरेको छ । 

राप्रपाले दुवै छिमेकी मुलुकलाई कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन पनि सरकारसँग आग्रह गरेको छ । 

‘राप्रपा नेपालको भूस्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको छ । यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माग गर्दछ ,’ प्रतिनिधिसभा बैठकमा सांसद अनिशा नेपालीले भनिन्, ‘कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछ ।’ 

उनले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापारमार्ग खोल्ने निर्णयबारे पार्टीका तर्फबाट गम्भीर आपत्ति जनाइन् । 

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो,’ नेपालीले भनिन् ।  

लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण नक्सा र सन्धि–सम्झौताले प्रष्ट देखाएको उनले जिकिर गरिन् । 

‘यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको कार्य हो,’ राप्रपा सांसद नेपालीले भनिन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ५४ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका