संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ | Khabarhub Khabarhub

संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्ने भारत र चीनको पछिल्लो सम्झौताबारे कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले चीन र भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै देशका सरकार प्रमुखहरूसँग नेपाली भूमि लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

‘यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् । सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनपछि चीनको पनि भ्रमण गर्दै हुनुहुन्छ । र भारतको पनि भ्रमण गर्दै हुनुहुन्छ,’ उनले भने, त्यो बेला सरकार प्रमुखसँग सरकार प्रमुखका नाताले यो समस्या समाधान गर्न दुवै देशका सरकार प्रमुखसँग नेपालको आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र समस्या समाधान होस् भनेर माग गर्न चाहन्छु ।’ 

सांसद खतिवडाले अहिलेको समयमा हरेक नेपालीले स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनुपर्नेमा जोड दिए । सरकार पनि नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा अटल भएर उभिनुपर्ने उनको भनाइ थियो ।    

‘यस्तो बोलमा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको कुनै जातिको नभई सम्पूर्ण नेपालको तर्फबाट आफ्नो स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनपर्छ,’ खतिवडाले भने, ‘यस्तो कुरामा सरकारलाई साथ दिनपर्छ । सरकारले पनि नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा अटल भएर उभिनुपर्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ०२ बजे

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश