सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी « Khabarhub

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले नियमन ऐन ल्याउने बताएका छन् । 

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको नव निर्मित आन्तरिक प्रशिक्षण भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चार नियमन ऐन ल्याउने बताएका हुन् । 

समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गृह मन्त्री लेखी राज्यको चौथो अंगको रूपमा रहेको प्रेस जगतमा हिजो आज विकृति विसङ्गति बढिरहेको ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहीन,आधारहीन र भ्रामक समाचारहरू सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुँदा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन छिट्टै सञ्चार नियमन ऐन ल्याउने तयारी गरिरहेको बताए । 

मधेस सरकारको ३ करोड १८ लाख ५० हजार ८४६  को लागतमा २०० जना प्रशिक्षार्थी हरू एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल सहित प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजकोभवन आज उद्घाटन गरिएको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ३२ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय