पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू) « Khabarhub

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिधादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास रही आएको छ । यही धार्मिक विश्वासका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीको गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिधादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए ।

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : १३ बजे

रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन