स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन « Khabarhub

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन


७ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एकमहिने (गुँला) पर्वका अवसरमा उक्त सङ्ख्यामा भक्तजनले मन्दिर दर्शन गरेका हुन् ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीले उक्त समयमा स्वयम्भू चैत्यको दर्शन गर्ने चलन छ । नेपाल सम्वतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठवास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए ।

मेलामा काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् । स्वयम्भूनाथ चैत्यको दर्शनपछि भक्तजनहरु बाजागाजासहित स्थानीय विजेश्वरी, शोभा भगवतीलगायत स्थानमा परिक्रमा तथा दर्शन गर्छन् । (रासस)

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १२ : ०८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स