रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन | Khabarhub Khabarhub

रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मस्को– रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास एलएनजी परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाए ।

निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताए ।

“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भने ।

पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिचेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १ : ५४ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्