स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण « Khabarhub

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा पठाएको छ ।

स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो । यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पुर्‍याउन प्रयोग गरिन्छ ।

यसको मुख्य विशेषता भनेको यसको पहिलो चरण बुस्टर भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो, जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्क परियोजनाले ती स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा अनुपलब्ध रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ४ : ०७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको