भारतीय प्रधानमन्त्री र उज्बेकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री र उज्बेकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोयेभसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार वार्ताका क्रममा दुई नेताले भारत र उज्बेकिस्तानबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने सहमति गरेका छन् ।

वार्ताका क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन व्यापार, लगानी, ऊर्जा, र रक्षा क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन् । साथै, दुई नेताबीच क्षेत्रीय सुरक्षा र स्थिरताका लागि संयुक्त प्रयासलाई जारी राख्ने पनि सहमती भएको छ ।

प्रधानमन्त्री मोदीले उज्बेकिस्तानको विकास र समृद्धिका लागि भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यो वार्ताले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

भारत र उज्बेकिस्तानबीच सन् १९९२ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पछिल्लो समय भारतले मध्य एशियाका मुलुकहरुसँग आफ्नो सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३९ बजे

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग