बैतडीमा पहिरोले एक घर पुरियो « Khabarhub

बैतडीमा पहिरोले एक घर पुरियो


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ ।

अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए । उनका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको छैन ।

पहिरोका कारण बोहराको गोठमा बाँधिएको एउटा भैसी, एउटा पाडो र एउटा बाख्रो पुरिएका प्रहरी निरीक्षक बडुले बताए । उनका अनुसार घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएका छन् ।

अहिले घटनास्थलमा खटिएको प्रहरीको टोली र स्थानीयले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिए । घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसिरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ३८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन