सकियो एक महिने गुँला पर्व (तस्बिरहरू) « Khabarhub

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवतको नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरूको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरू समेत सहभागी हुने गर्छन् ।

पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : ०१ बजे

ललितपुर महानगरपालिकाले मनायो ३४ औँ अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू) 

काठमाडौं– ‘अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी

केराखेतीमा ‘टीआर फोर’ को सङ्क्रमण

चितवन– जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ ।

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो

काठमाडौं– एनसेलका ग्राहक माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल

मधेश प्रदेशसभाको बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित