‘काजी’मा विपीन, केकी र गरिमा « Khabarhub

‘काजी’मा विपीन, केकी र गरिमा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘काजी’ बन्ने भएको छ ।

दक्षिणकाली मन्दिरमा शुक्रबार शुभमुहूर्त गरी यो फिल्म निर्माणबारे औपचारिक जानकारी दिइएको हो । लक्ष्मण रिजालको निर्देशनमा बन्ने यस फिल्मको छायाङ्कन आइतबारदेखि स्याङ्जाबाट सुरु हुने बताइएको छ ।

निर्देशक रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले ‘धुवाँ यो नसा’, ‘अलबिदा’, ‘कायरा’लगायतका फिल्म निर्देशन गरेका छन् ।

सुपरहिट फिल्म ‘उनको स्वीटर’पछि विपीन पहिलो पटक छायाङ्कनमा निस्किएका हुन् । केकीको अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छे’ हलमा प्रदर्शनरत छ ।

गरिमाको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ गत जेठ २३ मा प्रदर्शनमा आएको थियो ।

‘काजी’का यी तीन शीर्ष कलाकार बाहेक अन्यको जानकारी दिइएको छैन । निर्देशक रिजालाका अनुसार यो फिल्मको छायाङ्कनका लागि स्याङ्जामा एक गाउँको कृत्रिम सेट निर्माण गरिएको छ ।

सोसल लभस्टोरी जनरामा बन्ने यस फिल्मको लेखक प्रदीप भारद्धाज हुन् । आरएन्डआर प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ५० बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।