भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण | Khabarhub Khabarhub

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । भारतीय रक्षा अनुसन्धान एवम्‌ विकास सङ्गठन (डीआरडीओ) ले शनिबार ओडिसाको तटमा एकीकृत वायु रक्षा प्रणालीको पहिलो सफल परीक्षण गरेको हो ।

अधिकारीहरूका अनुसारस यो हतियार प्रणालीमा सतहबाट वायुमण्डलमा प्रहार गर्न सक्ने मिसाइल, छोटो दूरीको मिसाइल र शक्तिशाली लेजर हतियार जडान गरिएको छ ।

यो प्रतिरक्षा प्रणालीले दुश्मनको युद्धक विमान, ड्रोन र क्रूज मिसाइललाई भेदन गर्न सक्ने डीआरडीओले जानकारी दिएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको डीआरडीओलाई बधाई दिएका छन्‌ ।

सिंहले विद्यु्तीय सञ्जाल एक्समा लेखेका छन्, ‘यसले दुश्मनबाट सम्भावित हवाई खतरासँग जुध्न सहयोग मिल्नेछ, देशको रक्षा पङ्क्तिलाई थप बलियो बनाउनेछ ।’

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : २० बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा