उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि | Khabarhub Khabarhub

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए ।

खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षको नाति रोमन उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । घटनास्थल पुगेर फर्किएका खड्काले भने, “पहिरोमा पुरिएकाको आफ्ना सन्तानको खोजीका लागि घटनास्थलमै पुगेका थियौँ । त्यहाँ भेटिनुभएका उत्तरप्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामी, प्रहरी अधिकृतलाई पनि खोजतलासका लागि आग्रह ग¥यौँ, तर पत्ता लगाउन सकिएन ।”

उनका अनुसार पहिरोमा पुरिएका छोरा नरेन्द्रको एक हातको अङ्ग मात्रै फेला परेपछि निजको मृत्यु भएको पहिचान गरिएको थियो । खड्काले भने, “छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा आफूले छोराको शव पहिचान गरेर हात उतै गाडेर फर्किए । घरमा पुगेर कुशको शव बनाई तीनै जनाको अन्त्येष्टि गरेका हौँ ।”

मधुवन नगरपालिका–५ की अमृता परियार पनि उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । उनको अवस्था पनि अज्ञात छ । आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका सदस्य सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी क्षेत्रमा पुगेका थिए ।

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उहाँकी श्रीमती र छोरासहित व्यक्ति पुरिएका थिए । त्यस दिन धारलासहित तीन ठाउँमा ठूलो पहिरो गएको र त्यसमा जाजरकोटका २१ जना पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

मृतकका भाइ गुप्तराज खड्काले मजदुरी गरेर कमाई गर्ने दाजुको निधन भएपछि परिवार आर्थिक सङ्कटमा परेको दुःखेसो सुनाए । मधुवन नगरपालिका कार्यालयले किरिया खर्च दिने भने पनि हालसम्म पाउन नसकेको उहाँले गुनासो गरे ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : २३ बजे

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक