एकमहिने गुँला पर्व सम्पन्न « Khabarhub

एकमहिने गुँला पर्व सम्पन्न


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आज सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो ।

सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरुको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिए ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वीका नेवार समुदायले पछिल्लो समय यो पर्व मनाउन थालेका स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए । यो पर्वमा प्रत्येक दिन गुँला बाजा एवं नौ बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध बिहार, चैत्यहरु परिक्रममा गरिने, एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने चलन छ ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्वमा भक्तपुर, मध्यपुरथिमि, काठमाडौँ, ललितपुर र कीर्तिपुर परिक्रमा गर्ने परम्परा छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने गरिन्छ ।

भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाइन्छ भने काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार÷महाविहारमा पूजा गर्न गर्ने गर्दछन् ।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावले कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरु बज्राचार्य यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउँछन् ।

त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने उल्लेख गर्दै उनले यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताए। सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने, सके दशशीलनै पालना गर्ने उहाँले बताए ।

भक्तपुरमा गुँला पर्वको अवसरमा चाँगुनारायण, साँखु बज्रयोगिनी, काभ्रेपलाञ्चोकको नमो बुद्ध, ललितपुरको बाडेगाउँ, जलविनायक र कार्यविनायक तथा अन्तिम दिन आज यहाँका बिभिन्न चैत्य र स्वम्भु महाचैत्यको परिक्रमा गरिएको थियो ।

स्थानीय महिलाले नेवारी पोसाक लगाएर परिक्रमा गरेका थिए । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने गरिन्छ । आज बिहानैदेखि मध्यपुरथिपम, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व समापन गरिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : २४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ