मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर | Khabarhub Khabarhub

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला फैलाएको सामाजिक सञ्जाल पोस्टविरुद्ध आधिकारिक प्रहरी उजुरी दर्ता गरेका छन्। उक्त पोस्टले उनलाई मात्र होइन, उनका परिवार र साथीलाई पनि तनावमा पारेको थियो।

सामाजिक सञ्जाल पोस्टमा अभिनेता मुरादको जन्ममिति र नक्कली मृत्यु मिति उल्लेख गर्दै उनलाई दिवंगत घोषित गरिएको थियो। यसले परिवार र साथीलाई बारम्बार सान्त्वना दिनुपर्ने अवस्था सिर्जना गरेको उनले बताएका छन्।

उक्त घटनाप्रति उनले आक्रोश व्यक्त गर्दै पोस्ट बनाउने व्यक्तिको मानसिकतालाई आलोचना गरेका छन्। अभिनेता मुरादका अनुसार प्रहरीले उनको उजुरी स्वीकार गरी शुक्रबार एफआईआर दर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको छ। अभिनेताले यस्ता घटनालाई रोक्न उदाहरणीय कदम उठाउन आग्रह गरे।

भारतीय मिडिया अनुसार, मुम्बईको अम्बोली पुलिसले उक्त उजुरीको आधारमा धारा ३५३(१) (सार्वजनिक अशान्ति सिर्जना गर्ने वक्तव्य) र ३५६(२) (निन्दा) अन्तर्गत गैर-संज्ञेय अपराध दर्ता गरेको छ। यस घटनामा जैनब खान नामक व्यक्तिलाई मुख्य आरोपीको रूपमा नामित गरिएको छ। पुलिसले यस विषयमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

रजा मुरादले सन् १९७० को दशकदेखि बलिउडमा अभिनय गर्दै पाँच दशकभन्दा बढी समयसम्म आफ्नो छवि निर्माण गरेका छन्। खलनायकदेखि चरित्र भूमिकासम्म उनले बहुआयामिक अभिनय प्रस्तुत गर्दै बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

उनका चर्चित फिल्ममा प्रेम रोग, राम तेरी गंगा मैली, खुदगर्ज, त्रिदेव, मोहरा र पद्मावत समावेश छन्। दमदार आवाज र प्रभावशाली अभिनयले उनलाई बलिउडका सबैभन्दा चिनिने र सम्मानित कलाकारको रुपमा स्थापित गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : १९ बजे

भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप

नयाँ दिल्ली- लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक