विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’ « Khabarhub

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे’ सकारात्मक प्रतिक्रियाको साथ प्रदर्शनरत छ । उनी फिल्म ‘मालती मङ्गले’को वर्कसपमा पनि सहभागी भइरहेका छन् ।

उनलै विजयले अर्को फिल्म ‘जिरो डिग्री’ साइन गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का दुई निर्देशक सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशनमा यो फिल्म बन्न लागेको हो ।

निर्माण पक्षले फिल्ममा विजय अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । मिनिमल पोस्टर सार्वजनिक गरी फिल्म निर्माणबारे औपचारिक जानकारी दिइएको हो ।

उक्त पोस्टरमा खटमा डिप फ्रिज बोकेर केही मान्छेहरु हिडिरहेको देख्न सकिन्छ । फिल्मको कथा यही फ्रिज वरपर घुम्ने निर्देशक काफ्लेले बताए ।

उनले भने, ‘यो फिल्मको कथा सडक नभएको गाउँको हो । यसको कथा बुवा–आमाको शव विदेशमा रहेका छोराछोरी आइपुगुञ्जेल जोगाउन फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ।’

यो फिल्मको कथा राजन भुसालले लेखेका हुन् । पटकथा र संवाद निर्देशकद्वय मिलेर तयार पारेका हुन् । यसको छायाङ्कन तिहापछि गर्ने योजनामा रहेको निर्देशक बरालले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ३१ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्