टाइगर श्रफको 'बागी ४' ट्रेलर प्रदर्शन मिति सार्वजनिक | Khabarhub Khabarhub

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर श्रफले ठूलो सफलता हासिल गरेका थिए। त्यसपछि निर्माता साजिद नाडियाडवालाले यो सिरिजलाई फ्रेन्चाइजमा लैजाने निर्णय गरे। सन् २०१८ मा आएको “बागी २” ब्लकबस्टर बन्न सफल भयो । सन् २०२० मा महामारी सुरु हुनुअघि रिलिज भएको “बागी ३” ले त्रयीलाई पूर्णता दियो। पाँच वर्षपछि टाइगर श्रफ फेरि एकपटक ‘रोनी’ बनेर “बागी ४” लिएर फर्किन लागेका छन्।

भारतीय मिडिया पिङ्कभिला अनुसार, फिल्मको ट्रेलर शनिबार भदौ १४ गते (अगस्ट ३०, २०२५) भव्य रूपमा सार्वजनिक हुने भएको छ। “बागी ४” भदौ महिनाको २० गते (सेप्टेम्बर ५) शुक्रबारका दिन प्रदर्शनमा आउने भएको छ।

फिल्मका निर्देशक के. हर्षाले बागी ४ लाई “पश्चिमी ढंगका (आर -रेटेड) फिल्म” जस्तो भनेका छन्। यसको मतलब, फिल्ममा अघिल्ला तीन भागभन्दा बढी रियलिस्टिक, कडा र तीव्र एक्शन दृश्य रहनेछन्, जसले परिवारमैत्रीभन्दा बढी वयस्क दर्शकलाई लक्षित गर्नेछ।

फिल्म “बागी ४” बाहेक, अभिनेता टाइगर श्रफका दुई अन्य फिल्म पनि लाइनअपमा छन्। सचिन रवीद्वारा निर्देशित र मुराद खेतानीको निर्माणमा बन्ने उच्च-कन्सेप्ट एक्शन फिल्म अक्टोबरदेखि सुरु हुनेछ भने करण जौहरको निर्माण र राज मेहताको निर्देशनमा बन्ने फिल्म “लग जा गले” नोभेम्बरको दोस्रो भागदेखि फ्लोरमा जानेछ। अर्कोतर्फ, निर्माता साजिद नाडियाडवालाकै शाहिद कपुर र विशाल भारद्वाजको फिल्म पनि डिसेम्बरमा रिलिज हुने तय भएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : २६ बजे

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

एजेन्सी– गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक

विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१