एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा « Khabarhub

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात प्रविधि कम्पनी एप्पल र कृत्रिम बौद्धिकतामा (एआइ) मा काम गर्ने ‌ओपनएआइविरुद्ध मुद्दा दायर गरेका छन्‌ ।

सम्भावित प्रतिष्पर्धीबाट हुने जोखिम रोक्न अवैध मिलेमतो गरेको आरोप लगाउँदै मस्कले यी दुई कम्पनीविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका हुन् ।

मस्कले आफ्नो कम्पनी एक्स र एक्सएआइमार्फत मुद्दा दर्ता गर्न लगाएका छन् । एप्पलले ओपनएआइको च्याटबटलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गरेको र यो काम कानूनको उल्लङ्घन भएको मस्कका कम्पनीको दाबी छ ।

मस्कले यस्तै दुई कम्पनीविरुद्ध यो महिनाको सुरुमा पनि मुद्दा दर्ता गरेका थिए । एप्पलले आफ्नो स्टोरमा ओपनएआइको र्‍याङ्किङ बढाएको पनि मस्कको आरोप छ ।

एप्पललेउ भने हालसम्म मस्कको यो कदमलाई लिएर कुनै प्रतिक्रिया जनाएको छैन । ओपनएआइले भने यो मुद्दालाई ‘मस्कले दिइरहेको हैरानीको निरन्तरता’ भनेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ०२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब