राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा


१० भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएकी छिन् । पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेसँगै न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सांसद न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको जानकारी दिएकी छिन् ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै÷तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’ उनले लेखेको पत्रमा उल्लेख छ ।

यसअघि सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मङ्गलबार बसेको कांग्रेसको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति बनाउने निर्णय गरेको थियो ।

सङ्घीय निजामति सेवा विधेयक, २०८० मा समितिले ‘कुलिङ पिरियड’मा गरेको सर्वसम्मत व्यवस्थामा छेडखानी भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएका थिए । त्यसयता उक्त पद रिक्त छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  २ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली