सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ « Khabarhub

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षात्मा यात्रुहरूले समस्या भोग्दै आएका छन् ।

सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार उक्त सडकमा ३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

गुल्मीको सिमलटारीबाट सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ कलोमिटर सडक निर्माण गर्ने जिम्मा श्रेष्ठ‐सक्षम जेभीले लिएको थियो । विसं २०७९ कात्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार रुपैयाँमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो ।

लामो समयसम्म सडक निर्माणले गति नलिएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए । नागरिक समाजले पनि पटकपटक गुनासो गरेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको संयुक्त टोलीले उक्त सडकखण्डको हालै स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कामको प्रगति र सडकको अवस्थाबारे जानकारी लिइएको छ ।

सडकको सबवेस, बेस र अस्फाल्ट प्रविधिबाट कालोपत्रलगायतका धेरै काम बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

मदनभण्डारी राजमार्ग योजना कार्यालयले निर्माण व्यवसायीलाई कामको गति बढाउन निरन्तर ताकेता गर्दै आएको जनाएको छ । लगातार काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ ।

निर्माण व्यवसायीको तर्फबाट इञ्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढिलाइ भएको हो । उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएका कारण काममा असर परेको बताए । काम गर्न म्याद थपको प्रक्रिया अघि बढेको र थपिएको म्यादभित्रै सम्पन्न गर्ने उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ५० बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र