त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस | Khabarhub Khabarhub

त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

१९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।

अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

डाक्टर कोइराला र डा बाँस्कोटा पेशाले चिकित्सक हुन् । त्यस्तै सिफारिसमा परेका डाक्टर पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुन् ।

डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुन् ।

डा बाँस्कोटा वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । उनी केही समय अघि मात्र नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश भएका हुन् ।

डाक्टर पौडेल चार वर्ष त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका व्यक्ति हुन् ।

समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ ।

तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एंव शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो । कुलपति प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १ : ४३ बजे

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको