श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु « Khabarhub

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री सुरु भएको छ । कम्पनीले पहिलो चारणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बुधबारबाट निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्नेछ । जसमा १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावितका लागि ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर विदेशमा भएकाका लागि रहेको छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

उद्योग प्रभावितको लागि छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिनुपर्ने छ । विदेशमा भएकाको हकमा भने छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते आवेदन दिनुपर्ने छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : १३ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका