गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु « Khabarhub

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा राखेर सुरु भएको रथयात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

उनले भने, ‘पुर्खाले मनाउँदै आएको गणेश रथयात्रा आर्थिक स्रोत नहुँदा वर्षौँदेखि रोकिएको थियो, विगत तीन वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोलमा पुर्‍याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।’

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराएको हो ।

गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ तानेर परिक्रमा गराएको उनले बताए । जात्रामा सयौँ महिला तथा पुरष सहभागी छन् । (रासस)

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : ३८ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको