सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद  | Khabarhub Khabarhub

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । 

‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । 

पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाकै दरअनुसार ७० रुपैयाँ प्रति क्विन्टल कायम गरेर किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने पनि उल्लेख गरेका छन् । 

‘हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाएपछि किसानहरू फेरि माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन्,’ उनले लेखेका छन्, ‘विगतमा भएका सम्झौतापछि पनि अझै ठूलो रकम भुक्तानी गर्न बाँकी रहनु दुःखद छ ।’

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : २४ बजे

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा