सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद  « Khabarhub

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । 

‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । 

पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाकै दरअनुसार ७० रुपैयाँ प्रति क्विन्टल कायम गरेर किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने पनि उल्लेख गरेका छन् । 

‘हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाएपछि किसानहरू फेरि माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन्,’ उनले लेखेका छन्, ‘विगतमा भएका सम्झौतापछि पनि अझै ठूलो रकम भुक्तानी गर्न बाँकी रहनु दुःखद छ ।’

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : २४ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण