जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन « Khabarhub

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो ।

टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जापानको एकीकरण गरेका थिए । उनी कोरियाली प्रायद्वीपमा गरेका असफल आक्रमणका कारण पनि परिचित छन् ।

नागोयास्थित एन्डोजी सपिङ आर्केडको सङ्घले उक्त मूर्तिलाई समुदायको प्रतीकात्मक आकृति मान्दै आएको छ । सङ्घका एक सदस्यले भने, ‘हामी यसबारेमा क्षतिको रिपोर्ट प्रहरीमा दर्ता गर्ने विचार गरिरहेका छौँ ।’

तर कसले र किन यो क्षति पुर्‍यायो भन्ने विषयमा कुनै जानकारी नभएको पनि उनले बताए । उक्त सपिङ आर्केड बाहिर राखिएका अन्य लडाकु मूर्तिहरू पनि विगतमा तोडफोडको शिकार भएका थिए । यी सबै मूर्ति सन् २०१३ मा एक घरजग्गा कम्पनीले दान गरेको थियो ।

सन् २०२२ मा टोयोटोमीको प्रतिद्वन्द्वी तथा टोकुगावा शोगुन शासन (इडो युग) का संस्थापक टोकुगावा इयासुको मूर्तिलाई खसालिएको थियो र त्यसमा प्वाल बनाइएको थियो । यसअघि, सन् २०१९ मा अर्का प्रसिद्ध सरदार ओडा नोबुनागाको मूर्ति हातविहीन अवस्थामा फेला परेको थियो ।

हिदेयोसी, इयासु र नोबुनागा—यी तिनै जना जापानका सबैभन्दा प्रसिद्ध सामन्ती सरदार हुन् । यिनीहरूले करिब एक सय वर्ष लामो युद्धरत राज्यहरूको कालखण्ड अन्त्य गरी जापानलाई एकताबद्ध गर्न सङ्घर्ष गरेका थिए ।

हालका वर्षहरूमा अन्य मुलुकहरूमा पनि ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू विवादको विषय बनेका छन् । विशेष गरी उपनिवेशवाद र दासत्वसँग सम्बन्धित व्यक्तिहरूका मूर्तिहरूलाई लिएर कडा बहस हुने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ४५ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी